1478958692 banner ad format

 
 

नकपुरधाम। जनकपुर उपमहानगरपालिकाका डेढ हजार सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन भएका छन् । 

janakpur min

एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माण कार्य गर्दा अप्टिकल फाइवरमा क्षति पु¥याएका कारण सो अवस्था सिर्जना भएको हो । 

सञ्चारविहीन हुनेमा राजस्व कार्यालय, परिवार नियोजन संघलगायतका सरकारी र गैरसरकारी कार्यालयसमेत रहेका छन् । नेपाल टेलिकम कार्यालय जनकपुरले आयोजनाद्वारा समन्वय गरी निर्माण कार्य नगरिदा अप्टिकल र टेलिफोनका तारलाई क्षति पु¥याएको भनी मौखिक जानकारी दिए पनि मर्मतबारे कुनै सूचना नदिइएका कारण बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अवस्था सिर्जना भएको छ । 

यसैबीच टेलिकमका कर्मचारी र कार्यालय प्रमुखबीच मर्मतका बारेमा विवादसमेत सिर्जना भएको छ । कार्यालय प्रमुखद्वारा प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, सुरक्षा निकाय र केही सरकारी कार्यालयको टेलिफोन मर्मत गराई अन्य ग्राहकसँग विभेद गरेको भन्दै कर्मचारीका सङ्घ, युनियनले कारबाहीको माग गरेको एक महिना बितिसके पनि कुनै कारबाही वा मर्मत कार्यबारे पहल भएको छैन । 

प्रा डा भोगेन्द्र झाले प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंलाई यस सम्बन्धमा ध्यानाकर्षण गराउँदा टेलिफोन मर्मत कार्यबारे कुरा नगर्न भनी समस्याबाट पन्छिने गरेको गुनासो गरे । 

त्यस्तै आयोजनाले खानेपानीका पाइपलाई क्षति पु¥याइ हजारौँ ग्राहकलाई खानेपानीबाट वञ्चित गराएको छ भने नाला निर्माणका लागि प्रयोग गरिएको ह्युम पाइपमा पुरानो नाला नजोडिएका कारण पुरानो नालाको बहाव बन्द भई व्यक्तिको घर कार्यालय नालाको पानीले डुबानमा परेको छ । 

प्रकासित मिति

Loading...

 

  • kantipathnews Celebrity Profiles Sanjay Ghimire

    कथा : रहस्य

    हैन के सार्हो ल्याङ्ल्याङ गरेको हो यार,यो घरबेटी सुड्डी।पानी धेरै पोख्यौ,हल्ला कम गर, कति मान्छे आएका हुन भनेर सधै प्यारप्यार प्या ...

  • kantipathnews Nepali Kabita Navaraj Ghimire

    अब त मलाई "म" बन्नुछ

    यो मेरो जिन्दगी कहिल्यै जिन्दगी बनेन , बिधिको लागि जिउनुपर्ने , नियमको निम्ति बाँच्नुपर्ने बिहान अार्लामले उठाएको जिन्दगी ...

  • Kantipathnews Nepali Sahitya Nepali Gazal Ram Chandra Rijal Dhading

    गजल : चारैतिर फुटेका छन् बन्दुकका मुलहरू

    चारैतिर फुटेका छन् बन्दुकका मुलहरू कहाँ गए शान्ति खाेज्न परेवाका हुलहरू ...

yummyfood