1478958692 banner ad format

 
 

काठमाडौं। ‘हाइटेक’ अपराधको चुनौति झेलिरहेका राजधानीका प्रहरी हराएका मोबाइल फोन खोज्नमा अल्मलिनुपरेपछि हैरानी परेका छन् ।

mobile phone

हराएका मोबाइल फोन खोजिदिन भन्दै दबाब दिनेको संख्या दैनिक बढ्न थालेपछि प्रहरी हैरानीमा परेका हुन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्ला दिनमा ७० देखि ८० वटा मोबाइल फोन हराएका उजुरी दर्ता प्रहरीमा हुन्छन् ।

कहिलेकाहीं त मोबाइल फोन हराएको उजुरी दिनेको संख्या सय नै पुग्ने गरेको छ ।

परिसरका प्रहरी प्रबक्ता एसपी रामदत्त जोशीले पछिल्ला दिनमा मोबाइल फोन हराएको उजूरी दिनेको संख्या बढेको बताए ।

२५ सय देखि लाखरुपैंयाँसम्मका मोबाइल

प्रहरीका अनुसार २५ सय देखि एकलाख रुपैंयाँसम्मका मोबाइल फोन हराएको उजुरी पर्ने गरेको छ ।

प्रहरीले हराएका मोबाइल आइएमइआई नम्बर ट्रेस गर्दा सिग्नल देखि मात्र मोबाइल पत्ता लाउने गरेको छ । नत्र प्रहरीको केही लाग्दैन । यसका लाग् िटेक्नोलोजीमा विशेष दख्खल भएको ब्यक्ति चाहिन्छ ।

प्रबक्ता जोशीले भने, ‘मोबाइलमा आइएमइआई नम्बर हुन्छ । यही आधारमा प्रहरीले हराएको मोबाइल खोज्ने हो । ट्रेस गर्दा सिग्नल देखियो भने फोन भेटिन्छ । नत्र भेटाउन सकिदैन । यसका लागि प्रविधिमा ज्ञान भएको स्मार्ट मान्छे चाहिन्छ ।’ यद्यपी हराएका फोनमध्ये १० प्रतिशत मात्र भेटिने गरेको छ । -नयाँ पत्रिका दैनिकबाट

प्रकासित मिति

Loading...

 

  • kantipathnews Health News in Nepal Birdflu found in Kathmandu

    काठमाडौंमै भेटियो बर्डफ्लु

    चितवनका विभिन्न स्थानका कुखुरामा बर्डफ्लु फेला परेलगत्तै काठमाडौंका हाँसमा पनि बर्डफ्लु फेला परेको छ। काठमाडौंको तारकेश्वर नगरपालि ...

  • kantipathnews Health news Effect of hybrid food

    हाइब्रिड खानाले पुर्‍याउने असर

    काठमाडौं- यो संसार प्रकृतिको देन हो र प्राकृतिक नियमसंगत चल्छ । खाद्यवस्तु पनि प्रकृतिले मानव समुदायलाई दिएको उपहार हो । यसमा सबै ...

  • kantipathnews Health news foodsafety

    क्यान्सरको जोखिम घटाउने ७ खानेकुरा

    काठमाडौं- दूषित पर्यावरण र खानपानलगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ । क्यान्सरको जोखिम कम गर्न के खानुपर्छ ? ब्रोक ...

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood