annapurna add

moderna 921686 1606744576

अमेरिकाको फर्मास्यूटिकल कम्पनी मोर्डनाले कोरोना विरूद्धको खोप प्रयोगमा ल्याउन आवेदन दिने तयारी गरेको छ । मोर्डना कम्पनीले अमेरिकाको खाद्य तथा औषधी प्रशासन समक्ष कोरोना विरूद्धको खोप आपतकालीन अवस्थामा प्रयोगका लागि हिजो सोमबार आवेदन दिएको हो ।

यससँगै युरोप तथा बेलायतमा समेत मोर्डनाले खोप प्रयोगका लागि आवेदनको तयारी गरेकोे छ । आवेदन स्वीकृत भएमा २१ डिसेम्बरबाट अमेरिकामा खोप उपलब्ध हुनेछ । मोर्डना खोपले १६ नोभेम्बरमा रिर्पोट सार्वजनिक गर्दै यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको दावी गरेको थियो ।

रिर्पोटको दावी अनुसार गम्भीर प्रकृतिका कोरोना संक्रमितहरुमा यो खोप शतप्रतिशत प्रभावकारी हुनेछ । मोर्डनाका चिफ एक्जिक्युटिभ स्टेफन बानसेलले एक अन्तर्वातामा भनेका छन्,‘ डिसेम्बरको अन्त्यसम्ममा दुई करोड तथा सन् २०२१ सम्ममा पचास करोड देखि एक अर्ब खोप उत्पादन गर्ने गरी कम्पनी तयारीमा छ ।’

यो खोप एउटा संक्रमितलाई दुई डोज आवश्यक पर्छ । अमेरिकामा कोरोना भाइरस बिरुद्धको खोप प्रयोगमा ल्याउन आवेदन दिने मार्डना कम्पनीको खोप दोश्रो हो । यसअघि अमेरिकाको फाइजर कम्पनीले २० नोभेम्बरमै अमेरिकाको खाद्य तथा औषधी प्रशासन समक्ष आवेदन दिइसकेको छ ।

दुवै खोपको पहिलो डोज स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, लगायतका अग्रपक्तिमा काम गर्ने कर्मचारीलाई दिइनेछ । कोरोना विरूद्धको खोप अभावमा अमेरिकाको नर्सिङ्ग होममा मात्र एक लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । मोडेर्नाले निर्माण गरेको कोरोनाविरुद्धको खोप गम्भीर खालका कोरोना बिरामीका लागि शतप्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ।

खोप कोभिड–१९ रोकथामका लागि ९४.१ प्रतिशत प्रभावकारी रहेको कम्पनीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ। ‘यो एकदम आश्चर्यजनक तथ्यांक हो,’अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को भ्याक्सिन एडभाइजरी कमिटीका सदस्य डा पल ओफिटले भने। मोडेर्नाका चिफ मेडिकल अफिसर डा. ताल ज्याक्सले पनि शनिबार राति खोप प्रभावकारिताको तथ्यांक देखेर आफू भावुक भएको बताए। ‘पहिलो पटक म रोएँ,’ उनले भने, ‘यसले महामारीको कोर्स नै परिवर्तन गर्ने हाम्रो पूर्ण अपेक्षा छ।’

कम्पनीले खोपलाई आपतकालीन अवस्थामा लगाउनका लागि एफडीएमा अनुमति माग्ने तयारी गरेको छ। एफडीएमा अनुमति माग्ने मोडेर्ना दोस्रो कम्पनी हो। यसअघि खोप निर्माता अर्को कम्पनी फाइजरले पनि एफडीएसँग अनुमति मागिसकेको छ।

फाइजरको भन्दा मोडेर्नाको खाेप स्टोर गर्न सजिलो पर्ने बताइएको छ। मोडेर्नाको खोप माइनस २० डिग्री सेल्सियसको तापक्रममा स्टोर गर्न सकिने बताइएको छ। फाइजरको खोप स्टोर गर्न भने माइनस ७५ डिग्री सेल्सियस तापमान चाहिने बताइएको थियो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार