1478958692 banner ad format

 
 

मुस्ताङ । कृषि विकास मन्त्रालयले मुस्ताङका २० जना किसानलाई मोबाइल उपहार प्रदान गरेको छ । कृषि क्षेत्रलाई आधुनिक बनाउँदै लैजाने सरकारी नीतिअनुरुप छनौट गरेका २० जना किसानलाई हालै सिमकार्डसहित सामसुङ जे फाइभ मोबाइल वितरण गरिएको हो । 

Mustang 20 farmer Mobile Gift

किसानले मोबाइलको प्रयोगबाट ‘हाम्रो कृषि’ मोबाइल एप्लिकेसन डाउनलोड गरी मौसमसम्बन्धी जानकारी, कषि, प्रविधि, जिल्ला कृषि तथा पशुसेवा कार्यालयका सम्पर्क नम्बरहरु, कृषि तथा पशु बीमालगायत कृषिसँग सम्बन्धित सबै जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । 

जिल्ला कृषि विकास कार्यालय मुस्ताङ र पशु सेवा कार्यालयले छनौट गरेका जिल्लाका २० जना अगुवा किसानलाई मोबाइल उपहार दिइएको मन्त्रालयका कृषि मौसमविज्ञ समी कुँवरले जानकारी दिए । “१२ कृषि र आठ पशु सेवा कार्यालयबाट छानिनुभएका किसानलाई मोबाइल दिएका हौँ । यसबाट किसानले आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्”, उनले भने । 

जिल्ला कृषि विकास कार्यालय मुस्ताङकी वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले किसानलाई मोबाइलसँगै २० थान थर्मोमिटर हस्तान्तरण गरिएको बताए । “यहाँ मौसम छिनभरमै परिवर्तन भइरहन्छ, यस्ता प्रविधिले किसानलाई ठूलो सहयोग पुग्नेछ”, उनले भने । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood