1478958692 banner ad format

 
 

काठमाडौं  – नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विभिन्न छुट सेवा दिने भएको छ । रिचार्जमा बोनसदेखि फोरजी सिम निःशुल्कसम्मका योजना टेलिकमले सार्वजनिक गरेको छ । 

Nepal Telecom offer Vijaya Dasmi

रिचार्जमा बोनस

जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बिहीबारदेखि आउँदो १० गतेसम्म ५० देखि एक हजार रुपैयाँसम्म रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने भएको छ । त्योभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा पनि १० प्रतिशत बोनस दिने टेलिकमले जनाएको छ । 

युट्युब डाटा प्याकेज

जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज बिहीबारदेखि आउँदो १९ गतेसम्म लिइसक्नु पर्ने छ । यो प्याकेज लिनका लागि YT1GB वा YT500MB लेखेर १४१५ मा एसएमएस  पठाउनु पर्छ । 

कम्बो प्याकेज

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ ।  यो प्याकेज बिहीबारदेखि १९ गतेसम्म लिइसक्नु पर्ने छ ।

यो प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम लिनको लागि COMBO10 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । त्यसैगरी अन्यको लागि COMBO25, COMBO50, COMBO100 अथवा COMBO300 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । साथै *1415# डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ ।

भ्वाइस प्याकेज 

जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ ।  यो प्याकेज बिहीबारदेखि १९ गतेसम्म लिइसक्नु पर्ने छ।

यो प्याकेज अन्तर्गत अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल लिनको लागि VOICE11 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । त्यसैगरी अन्यको लागि VOICE30, VOICE75, VOICE200  अथवा VOICE650 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । साथै *1415#  डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ । 

पिएसटिएन सेवामा बोनस

पिएसटिएन (पोस्टपेड फिक्स्ड) सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल दुईसय रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा एक सय स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय ७५ कल निःशुल्क उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

एडिएसएल, एफटीटीएच र वाइम्याक्स अफर

आउँदो ११ गतेदेखि १८ गतेभित्र अनलिमिटेड र भ्योलुम बेस एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति १९ गतेसम्म थप पनि टेलिकमले जनाएको छ । त्यसैगरी आउँदो ११ गतेदेखि १८ गतेभित्र एफटीटीएच र वाइम्याक्स एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि १९ गतेसम्म थप गरिएको छ ।

एसएमएसमा छुट 

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्ट सेवामार्फत टेलिकमकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा मिति आउँदो ११ गतेदेखि १९ गतेसम्म ५० प्रतिशत छुट हुने भएको छ । त्यस अवधिमा टेलिकमको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिनेछ । 

फोरजी सिम निःशुल्क परिवर्तन 

टेलिकमले बिहीबारदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) परिवर्तन निःशुल्क गर्ने भएको छ । यो सेवा टेलिकमका काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Pomegranate

    अनार खानुको फाइदै फाइदा !

    अनारलाई सदियौंदेखि औषधिका रुपमा लिने गरिएको छ । नेपाली समाजमा हेर्ने हो भने, बिरामी भेट्न जाँदा लाने कोसेलीमा अनार पहिलो स्थानमै ...

  • kantipathnews Nepali Health News Worryless

    चिन्तामुक्त कसरी हुने ?

    चिन्ताले गर्ने हानि डिप्रेसन निम्त्याउँछ चिन्ता र तनाव कम गर्न अथवा व्यवस्थापन गर्न सकिएन भने यसले डिप्रेसन र साथै अन्य कडा खालका ...

  • kantipathnews Nepali Health News happy

    खुसी हुने यस्ता छन् ७ टिप्स !

    ऊर्जाशील हुनुको एउटै उत्तम उपाय खुसी हुनु हो। खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलतासमेत हात पार्छन्। नि:सन्देह ह ...

yummyfood