annapurna add

Mike Pence 1

अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यले पेन्सले टेलिभिजनमा लाइभ गरेर खोप लगाएका हुन् ।

नागरिकहरुमा खोपको सुरक्षा र प्रभावकारितालाई लिएर विश्वास बढाउनका लागि त्यस्तो गरिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसमा भएको कार्यक्रममा पेन्सीकी श्रीमती तथा सर्जन जनरल जेरोमी एडम्सले पनि खोप लगाए ।

गएको सोमबारदेखि अमेरिकामा फाइजर–बायोएनटेकको खोप लगाउन सुरु गरिएको हो । अमेरिकामा स्वीकृति पाएको पहिलो सो खोपको प्रभावकारिता ९५ प्रतिशत छ । सबै ५० राज्यहरुमा पहिलो चरणमा ३० लाख खोपहरु वितरण गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेन र उनकी श्रीमती डा. जिल बाइडेनले आउँदो सोमबार खोप लिने उनका प्रवक्ताले बताएका छन् । यसैबिच अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि आपतकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले मोदेर्नाले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेको हो । स्थानीय समय अनुसार शुक्रबार बेलुका एफडिएले मोदेर्नाको खोपलाई स्वीकृति दिइएको घोषणा गरेको हो ।

यसअघि नै फाइनान्सियल टाइम्सले एफडिए खोपलाई स्वीकृति दिने निर्णयमा पुगेको खबर स्रोतलाई उद्धृत गरि खबर प्रकाशित गरेको थियो । एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले सर्वसम्मत रुपमा मोदेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै स्वीकृति प्रदान गर्न सुझाव दिएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर एफडिएले स्वीकृति दिने निर्णय गरेको जनाएको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण तीन लाख १० हजार भन्दा धेरैको ज्यान गएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार