annapurna add

Pfizer BioNTech Covid vaccine

बेलायतले फाइजर/बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप सर्वासारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।विश्वमा कोरोना भाइरसविरुद्धको खोप बिस्तारित तहमा सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ ।

जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९५ प्रतिशत सफल भएको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षणले देखाएको थियो । उच्च प्राथमिकता समूहमा रहेका व्यक्तिहरुलाई अबको केही दिनभित्र फाइजरको खोप दिन थालिने छ ।

बेलायतले यसअघि नै खोपको चार करोड डोजको अडर दिएको छ । दुई डोज दिइनु पर्ने खोप बेलायतमा हालको अडर अनुसार दुई करोड मानिसलाई दिन पुग्छ । चाँडै नै एक करोड खोप उपलब्ध हुनेछ ।

इतिहासमै सबैभन्दा छिटो कुनै पनि खोप विकास भएर सर्वसाधारणको प्रयोगमा आउन थालेको हो । मात्रै १० महिनामा खोप तयार भएको हो । सामान्य अवस्थामा खोप बनाउनका लागि दशक लाग्ने गर्छ ।

बेलायतले अर्को हप्ता या त्योभन्दा छिट्टै खोपको पहिलो स्टक प्राप्त गर्नेछ र ५० वर्षभन्दा माथिको उमेरकालाई अनि स्वास्थ्य समस्या भएकाहरुलाई खोप लगाउन सुरु गर्नेछ । यसमा २१ दिनको अन्तरमा दुईवटा खोप लगाउनुपर्ने हुन्छ ।

त्यसपछि अझ धेरै स्टक २०२१ मा उपलब्ध हुने बताइएको छ । फाइजरबाहेक मोडेर्ना पनि छिट्टै स्वीकृत हुने अपेक्षा गरिएको छ जसमा पनि एमआरएनए प्रविधि प्रयोग गरिएको छ । बेलायतले यसको पनि ७० लाख डोज पहिले नै अर्डर गरिसकेको छ । त्यस्तै अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोपको पनि १० करोड डोज बेलायतले मगाइसकेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...