annapurna add

बेलायत सरकारलाई कोरोना भाइरस सम्बन्धी सल्लाह दिने एक वैज्ञानिकले नै सामाजिक दूरी सम्बन्धी नियम नमानेका कारण राजीनामा दिन बाध्य भएका छन् । प्राध्यापक निल फर्ग्युसनले आफूबाट अवस्थाको मूल्यांकन गर्नमा गल्ती भएको स्वीकार गर्दै कोरोना भाइरस सम्बन्धी सरकारको सल्लाहकारबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री बोरिस जोसन्सनलाई कोरोना भाइरस र लकडाउनका सम्बन्धमा सुझाव दिने फर्ग्युसनले आफूबाट सामाजिक दूरीलाई ख्याल नगर्ने गल्ती भएकोमा क्षमायाचना गरेका छन् । वैज्ञानिक फर्ग्युसनले लकडाउनका बेला ‘म्यारिड लभर’ का रुपमा परिभाषित गरिएकी महिलालाई आफ्नो घरमा आउन दिएका थिए । यस सम्बन्धी खबर डेली टेलिग्राफले प्रकाशित गरेको थियो ।

उपयुक्त सावधानी नअपनाइए कोरोना भाइरसका कारण दुई लाख ५० हजार मानिसको ज्यान जाने चेतावनी वैज्ञानिक फर्ग्युसनले दिएका थिए । त्यसपछि प्रधानमन्त्री जोन्सनले मार्च २३ मा लकडाउन लागु गर्ने बताएका थिए । प्राध्यापक फर्ग्युसनले वक्तव्यमा भनेका छन्, ‘मबाट अवस्थाको मूल्यांकनमा कमजारी भएको हो । मैले गल्ती गरेको हुँ । सोही कारण मैले साइन्टिफिक एड्भाइजरी ग्रुप फर एमरजेन्सीबाट राजीनामा दिएको छु ।’

उनले अघि भनेका छन्, ‘मैले प्रतिरक्षा प्रणाली बलियो छ भनेर यस्तो गरेँ, तर कोरोना भाइरसको संक्रमण देखियो र पूर्णरुपमा आइसोलेसनमा छु झण्डै दुई हप्तादेखि ।’ आफूबाट भएको सामाजिक दूरीको नियम उल्लंघनप्रति माफी मागेका उनले सरकारलाई सामाजिक दूरी सम्बन्धी जानकारी फैलाउन आग्रह पनि गरेका छन् । देशसंचार

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...