1478958692 banner ad format

 
 

काठमाडौं । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ ।

Signature for online map of the Kathmandu Metropolitan City min

गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भएपनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकोमा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिए ।

यस व्यवस्थासँगै नगरवासीलाई थप सुविधा पुग्ने विश्वास कामपाले लिएको छ । यसभन्दा अघि नक्सा पासको सबै काम अनलाइनबाट भएपनि हस्ताक्षर हातले गरिने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति कामपामा धाउनुपर्ने थियो, अब नगरवासी यस किसिमको झन्झटबाट मुक्त भएका छन् ।

घरबाट नै नक्सा पासका लागि दर्ता गर्न र पास भएको नक्सा लिन पाउनेछन् ।

थापाका अनुसार यो प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णय भइसकेको छ । केही प्राविधिक समस्या समाधान हुने बित्तिकै छिट्टै काम सुरु हुन्छ ।

यससँगै कामपाले भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्साअनुरुप निर्माण कार्य नगर्ने पाएपछि नियमित अनुगमनका लागि आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन सुरु गरेको छ ।

यसरी निर्माणको समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा अन्य कारबाहीको प्रक्रियाअघि बढाइने कामपाले नगरवासीलाई चेतावनी दिएको छ ।

प्रकासित मिति

Loading...

 

  • kantipathnews Health news Effect of hybrid food

    हाइब्रिड खानाले पुर्‍याउने असर

    काठमाडौं- यो संसार प्रकृतिको देन हो र प्राकृतिक नियमसंगत चल्छ । खाद्यवस्तु पनि प्रकृतिले मानव समुदायलाई दिएको उपहार हो । यसमा सबै ...

  • kantipathnews Health news foodsafety

    क्यान्सरको जोखिम घटाउने ७ खानेकुरा

    काठमाडौं- दूषित पर्यावरण र खानपानलगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ । क्यान्सरको जोखिम कम गर्न के खानुपर्छ ? ब्रोक ...

  • kantipathnews Health news benefits of jacuzzi

    जौका अचम्मका फाइदा यी हुन्

    हाइपरटेन्सन, बाथ, दम, छालाका समस्या, एनिमिया, मोटोपना, कब्जियत, मधुमेह, मिर्गौला तथा मुटुका समस्या छ भने जौको फाइदाबारे एकपटक जान् ...

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood