1478958692 banner ad format

 
 

फलेवास (पर्वत) । जिल्लामा पहिलो पटक हावा र पानीबाट मात्रै तरकारी फलाउने प्रविधि शुरु भएको छ । 

मोदी गाउँपालिका–५ अम्बोटमा पाँच वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारीखेती गर्दै आएका लालबहादुर हरिजनले यस्तो प्रविधिबाट तरकारीखेती थालेका छन् । फलामे दुई खम्बाको सहारामा तीन मि लम्बाइ र तीन इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक ड्रम र सोलार प्लानको सहयोगमा सो खेती गर्न सकिने हरिजनले बताए  । भर्खरै शुरु गर्न लागिएको सो प्रविधिबाट छिटो उत्पादन दिने साग, धनियाँ, मुला तथा लहरे तरकारी उत्पादन गर्न मिल्ने बताइएको छ । 

करिब डेढ मि उचाइको टनेलमा दुवैतर्फ तीन तीन पिभिसी पाइप अड्याएर ३० इन्चको फरकमा पारिएको प्वालमा प्लास्टिक कपलाई चिरेर तरकारीको बिरुवा रोपिन्छ । सोलारमा जडित सानो मोटरले ड्रममा रहेको पानी प्लास्टिक पाइपमार्फत बिरुवाको फेदमा पठाइन्छ । बिरुवामा बढी भएको पानी पाइपको माध्यमबाट ड्रममै पठाइन्छ ।

बिरुवालाई आवश्यक पर्ने खाद्यतत्व पानीमा मिसाइएपछि दैनिक दुई घण्टा पर्ने सूर्यको किरणका कारण सोलारले पानीलाई बिरुवासम्म पठाउँदै बढी भएको पानी ड्रममै पठाउने काम गर्छ । यही चक्रीय प्रणालीबाट त्यहाँ लगाइएको तरकारी वृद्धि हुँदै जाने बताइएको छ । 

एउटा स्ट्याण्डमा फलेको तरकारीले एक परिवारलाई खान पुग्ने हरिजन बताउछन् । “हरेक पाइपमा १० वटासम्म बिरुवा रोप्न मिल्छ”, उनले भने , “करेसाबारी नहुनेका लागि बढी उपयोगी हुन्छ ।” रु १५ हजारको लगानीमा एउटा स्ट्याण्डमा शुरु गर्न मिल्ने सो प्रविधिको खेती १५ देखि २० वर्षसम्म टिक्छ । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख वासुदेव रेग्मीले सो प्रविधि नेपालमै नमूना भएको र यसबाट थोरै ठाउँ र समयमा धेरै उत्पादन दिन सकिने बताए।

प्रकासित मिति

Loading...

 

yummyfood