1478958692 banner ad format

 
 

काठमाडौं । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टीभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् ।

 

यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम एप्स' मंगलबारबाट सन्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा उक्त एप्स सन्चालनमा आएको हो ।

उक्त एप्समार्फत लाइभ टीभीमा नेपाली, हिन्दी तथा विदेशी भाषालगायत विभिन्न विधाका १३० च्यानल हेर्न सकिने र भविष्यमा च्यानलको संख्या आवश्यकताअनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ ।

नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिनेछ । यो सेवा नेपाल टेलिकमका जिएसएम तथा सिडिएमएका प्रिपेड/पोस्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

हाललाई दशँै–तिहारको अवसरमा पहिलो एक महिनाका लागि एप्स उपयोग गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको समेत टेलिकमले जनाएको छ ।

एक महिनापछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

सो मोबाइल एप्स ‘गुगल प्ले स्टोर’ तथा ‘एप्पल एप स्टोर’बाट डाउनलोड गर्न सकिन्छ । मोबाइलमा ‘मोबाइल एप्स डाउनलोड’ गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई प्रमाणित गरी रजिस्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिनेछ ।

प्रकासित मिति

Loading...

 

  • kantipathnews Health News in Nepal Birdflu found in Kathmandu

    काठमाडौंमै भेटियो बर्डफ्लु

    चितवनका विभिन्न स्थानका कुखुरामा बर्डफ्लु फेला परेलगत्तै काठमाडौंका हाँसमा पनि बर्डफ्लु फेला परेको छ। काठमाडौंको तारकेश्वर नगरपालि ...

  • kantipathnews Health news Effect of hybrid food

    हाइब्रिड खानाले पुर्‍याउने असर

    काठमाडौं- यो संसार प्रकृतिको देन हो र प्राकृतिक नियमसंगत चल्छ । खाद्यवस्तु पनि प्रकृतिले मानव समुदायलाई दिएको उपहार हो । यसमा सबै ...

  • kantipathnews Health news foodsafety

    क्यान्सरको जोखिम घटाउने ७ खानेकुरा

    काठमाडौं- दूषित पर्यावरण र खानपानलगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ । क्यान्सरको जोखिम कम गर्न के खानुपर्छ ? ब्रोक ...

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood