annapurna add

dc Cover g4bflmnbi4coegebsi9036ohp2 20200520170506.Medi

सिंगापुरमा जूम भिडियो कल मार्फत सुनुवाई गरी एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागुऔषध तस्करीमा दोषी देखिएका व्यक्तिलाई सिंगापुरको अदालतले भिडियो कल मार्फत फासीको सजाय दिएको हो ।

कोरोना भाइरसको महामारीका कारण भिडियो कल मार्फत नै मृत्युदण्डको सजाय सुनाइएको हो। मलेसियाका ३७ वर्षका पुनिथान जेनासानलाई सन् २०११ को हिरोइन तस्करीको घटनामा दोषी ठहर गरिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन लागु रहेको अवस्थामा सुरक्षालाई मध्यनजर गरेर मुद्दाको सुनुवाई भिडियो कल मार्फत गरिएको सिंगापुरको सर्वोच्च अदालतका प्रवक्ताले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार