1478958692 banner ad format

 
 

काठमाडौँ । एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले ओमान सामू ‍ २२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बायुमास ओभलमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ७ विकेट घुमाएर २२२ रन बनाएको हो । नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्लले ६० बलको सामना गर्दै ४५ रन र आरिफ शेखले ७४ बलमा ३६ रन बनाए ।

६ टोली सहभागी प्रतियोगिताको विजेता दुई सातापछि यूएईमा हुने एसिया कपका लागि छनोट हुनेछ। प्रतियोगितामा नेपालसँगै यूएई र हङकङलाई एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

प्रकासित मिति

Loading...

 

yummyfood