1478958692 banner ad format

 
 

काठमाडौं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपाल भुटानसँग प्रतिस्पर्धा गर्दैछ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको हो।

नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले। ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे। अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे। करण केसीले ५ बलमा ११ रन जोडे।

कमजोर मानिएको टिम भुटानलाई पराजित गरे नेपाल दुई खेलखेल्नु अघि नै टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोटको फाइनल राउण्डमा प्रवेश बिस्वाश गरिएको छ । नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै फाइनल राउण्डमा प्रवेश गर्ने छ ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पराजित गर्‍यो । दोस्रो खेलमा पनि नेपालले आयोजक मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा भने थाइल्यान्डलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

नेपाल ३ खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक बटुलेर अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालभन्दा नेट रनरेटको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको सिंगापुरको पनि समान ३ खेलबाट ६ अंक छ ।

तेस्रो स्थानमा रहेको थाइल्यान्डको ५ अंक रहदा आयोजक मलेसियाको ३ अंक छ । त्यस्तै, पाँचौ नम्बरमा रहेको भुटानको २ र छैटौं स्थानमा रहेको म्यानमारको पनि २ अंक छ ।

४ खेलमा कुनै पनि खेल जित हात पार्न नसकेर चीन भने बाहिरिसकेको छ ।

यो समूहबाट शीर्ष ३ राष्ट्र टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछन्

प्रकासित मिति

Loading...

 

yummyfood