1478958692 banner ad format

 
 

काठमाडौं । टीट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियामाथि ८ विकेटको जित निकालेको छ । मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा जारी खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गरेको मेलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०० रन बनाएको थियो ।

नेपालललाई जित दिलाउँने क्रममा कप्तान पारस खड्काले र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गरे । ३७ बलमा ५२ रन बनाएका पारसले २ छक्का र ५ चौका प्रहार गरे भने ज्ञानेन्द्रले २४ बलमा १ छक्का र २ चौकासहित २७ रन बनाए ।

बलिङतर्फ पनि नेपालको प्रदर्शन उत्कृष्ट रहयो । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए भने सोमपाल कामीले ३ र कप्तान पारस खड्काले १ विकेट लिए ।

मलेसियाका लागि शाफिक शरिफले ४९ र सायद अजिजले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । मलेसियाका तीन ब्याट्म्यान शुन्य रनमै आउट भए ।

प्रकासित मिति

Loading...

 

yummyfood