tealaya add

मलेसिया । मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोटकाे नेपाल विरूद्धकाे खेलमा भुटानले लज्जास्पद हार व्यहाेरेकाे छ। एक सय ५१ रनकाे लक्ष्य पछ्याउने क्रममा भुटान १६.४ अाेभरकाे खेल्दै सबै विकेट गुमाइ ३३ रनमा समेटिएकाे छ।

बलिङ तर्फ नेपालका लागि ललित राजवंशि र सन्दिप लामिछाने समान ३ विकेट , बसन्त रेग्मीले २ विकेट र दिपेन्द्रसिंह एेरी र सरद भेष्वाकरले एक विकेट लिएका छन् ।

भुटानका लागि तेन्जिङ वाङचुकले सर्वाधिक ११ रन बनाए। बाँकी भुटानका कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो।

नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले। ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे। अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे। करण केसीले ५ बलमा ११ रन जोडे।

नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ।

सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकप छनोटको लक्ष्यमा रहेका ६२ देशहरू यतिबेला विभिन्न छनोट चरण खेलिरहेका छन्। यसै अन्तर्गत एशिया उपक्षेत्रीय प्रतियोगिता भइरहेको हो ।

छनोट खेलिरहेका टिमले सन् २०२० को विश्वकपमा पुग्न विभिन्न ३ वटा छनोट चरण खेल्नुपर्नेछ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर