1478958692 banner ad format

 
 

काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको समूह चरणको अन्तिम खेलमा आज नेपाल र प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६ः१५ बाट सुरु हुनेछ ।

नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेलमा प्यालेस्टाइनलाई २ वा सो भन्दा माथि गोलले जित्नैपर्ने दबाब छ। बराबरी वा हार भएको खण्डमा प्यालेस्टाइन समूह विजेता र ताजिकिस्तान समूह उपविजेता बन्नेछन्।

अाजकाे खेलमा नेपाल गर या मरकाे अवस्थामा मैदानमा उत्रनेछ। अर्को समूहबाट फिलिपिन्स समूह विजेता र बंगलादेश उपविजेता बनिसकेका छन्। नेपाल पहिलो खेलमा मंगलबार ताजिकिस्तानसँग २–० ले नै पराजित भएको थियो।

नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् । प्यालेस्टाइनले आफ्नो पहिलो खेलमा बिहीबार ताजिकिस्तानलाई २–० ले पराजित गरेकोले प्यालेस्टाइनलाई पराजित गर्न नेपाललाई सहज भने हुने छैन्।

प्यालेस्टाइन फिफा बरियतामा नेपालभन्दा ६० स्थान माथि छ। प्यालेस्टाइन १०० र नेपाल १६० औं स्थानमा रहेका छन्। प्रशिक्षक महर्जनले टोलीमा केहि चोटको समस्या भएपनि वैकल्पिक खेलाडी खेल्न तयार रहेको बताएका छन्।

दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा जानेछन्।

प्रकासित मिति

Loading...

 

yummyfood