1478958692 banner ad format

 
 

काठमाडौं । साविक विजेता नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएको छ।

आज भएको समूहगत चरणको अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी प्यालेस्टाइनसँग १-० गोलले पराजित भएपछि नेपाल समूहगत चरणबाटै घर फर्किएको हो।

आफ्नो पहिलो खेलमा ताजकिस्तानसँग २-० गोलले पराजित भएको नेपाल समूहमा अंकविहीन हुँदै घर फर्कियो।

शनिबार नेपाल र प्यालेस्टाइनले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ७०औं मिनेटमा प्यालेस्टाइनका खालिद सलिमले निर्णायक गोल गरे ।

सन् २०१६ मा उपाधि जित्दा पाउनुपर्ने पुरस्कार रकममध्ये २५ हजार डलर बंगलादेश फुटबल संघले दिन ढिला गरेपछि निकै छोटो तयारीमा नेपाल प्रतियोगिता खेल्न गएको थियो।

बंगबन्धु गोल्डकपमा नेपाल समूह एबाट प्यालेस्टाइन र ताजकिस्तान र समूह बीबाट फिलिपिन्स र आयोजक बंगलादेशले अन्तिम चारमा स्थान बनाएका छन्।

प्रकासित मिति

Loading...

 

yummyfood