1478958692 banner ad format

 
 

काठमाडौं । नेपाल साफ यु-१८ महिला च्याम्पियनसिप फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा भारतलाई ३-२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा दुबै टिमले निर्धारित समयसम्म १-१ गोलको बराबरी खेलेका थिए । खेलको १५औं मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले किपरलाई छक्याएर सुन्दर गोल गरेकी थिइन् । खेलको ६२औं मिनेटमा भारतकी समिक्षाले गोल गर्दै १-१ को बराबरीमा पुर्‍याएकी थिइन् ।

बाँकी समयमा दुबै टिमले बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको समयमा पनि दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।

नेपालको गोलकिपर अन्जना राना मगरले तीन पेनाल्टी रोकिन् भने एक गोल गरिन्। नेपालले अब उपाधिको लागि बंगलादेश र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकासित मिति

Loading...

 

yummyfood