1478958692 banner ad format

 
 

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज हुँदैछ । सेमिफाइअनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

सेमिफाइनल चरणको यो खेल नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुनेछ । भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्य नेपालले लिएको छ । भारतलाई पराजित गर्नु नेपाललाई त्यति सजिलो भने छैन, किनभने भारत बलियो टिम हो ।

भारत समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको टिम हो भने नेपाल समूह बीको उपविजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग २–१ गोलअन्तरले पराजित हुदै नेपाल उपविजेता बनेर सेमिफाइनल पुगेको हो ।

यता, भारतले भने पहिलो खेलमा आयोजक भुटानलाई ४–० गोलले पराजित गरेको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood