tealaya add


acc u19

काठमान्डौ। नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। सोमबार भएको सेमिफाइनलमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।

मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा ३ विकेटको नोक्सानीमा पार गर्यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ३१ रन र भीम सार्कीले नटआउट ३३ रन जोडे। रोहितले २९ बलमा २ चौका र १ छक्का हिर्काए। भीमले ३४ बलमा २ चौका र १ छक्का नै प्रहार गरे। ओपनर पवन सर्राफ १८ रनमा आउट भएका थिए।

उनले १६ बलमा १ चौका र २ छक्का हाने। अघिल्लो खेलमा शतक हिर्काएका रित गौतम ३ रन र खडकबाहादुर बोहोरा ० मा आउट भए।बलिङमा मलेसियाका मोहमद खइरले २ विकेट र मोहमद अमिरले १ विकेट हात पारे। त्यसअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४०दशमलव ५ ओभरमा ८७ रनमा अलआउट भयो।

मलेसियाका लागि मोहमद अमिरले सबैभन्दा बढी २४ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे।बलिङमा नेपालका सागर ढकालले ३ विकेट लिए। सागरले १० ओभरमा ३ मेडन राख्दा १६ रन खर्चिए। कुशल मल्लले २ विकेट हात पारे। कमलसिंह ऐरी, रासिद खान र तिलकराज भण्डारीले १/१ विकेट लिए। अब नेपालले उपाधिका लागि मंगलबार हङकङ वा सिंगापुर मध्ये एक टिमसँग खेल्नेछ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...