1478958692 banner ad format

 
 

काठमाडौँ । इन्टरनेसनल वादो फेडेरेसन नेपाल (वादोकाई) शाखा डोजो माछापोखरी र त्रिलोक चिल्ड्रेन एकेडेमीको संयुक्त आयोजनामा प्रथम उपत्यकाव्यापी वादोकाई कराते प्रतियोगिता शनिबार स्थानीय बालाजु, माछापोखरीमा हुने भएको छ । 

Basketball min

एकदिने प्रतियोगितामा २५ डोजोका २५० खेलाडीले २५ स्पर्धामा भाग लिने इन्टरनेसनल वादो फेडेरेसन नेपाल वादोकाईका अध्यक्ष सुदर्शनराज विष्टले जानकारी दिए । यसैगरी ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा थ्री वाई थ्री राष्ट्रिय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सोही दिन हुँदैछ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा दुई दिनसम्म हुने उक्त प्रतियोगितामा पुरुष र महिला गरी ७५ भन्दा बढी टोलीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा मोरङ, सुनसरी, झापा, रुपन्देही र काभ्रेपलाञ्चोकबाट २–२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरुषतर्फको विजेता टोलीले रु ४० हजार तथा उपविजेताले रु २० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै महिलातर्फका विजेता टोलीले रु ३० हजार र उपविजेताले रु १५ हजार पाउनेछन् । त्यसैगरी ‘मोष्ट भ्यालुएवल’ हुने दुवै विधाका खेलाडीले जनही रु सात हजार प्राप्त गर्नेछन् । 

प्रकासित मिति

Loading...

 

yummyfood