1478958692 banner ad format

 
 

काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु गरेको छ । 

Buddh to Manakamana Peace Race

बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको बौद्धबाट गोर्खाको मनकामनासम्म सो दौड गरिएको समितिले जनाएको छ । 

दौडमा राष्ट्रियधावक रत्न तुलाधारका साथै जयराम लामा, दामोदर बुढा मगर, शेरबहादुर थारू, महेन्द्र गुवाजु, दिनेश महर्जन, तेन्जङ शेर्पा, नारायण नापित र दीपक शाक्य सहभागी छन् । सो समूह आज गल्छी, मङ्गलबार मुग्लिन र बुधबार आबुँखैरेनी हुँदै मनोकामना पुग्नेछ । 

आज आयोजित बिदाइ कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले बुद्धले मानव कल्याणका लागि विश्वमा शान्ति र नैतिकताको शिक्षा उपलब्ध गराएको बताउँदै सोही उपदेश फैलाउन गरिएको दौडको सफलताको कामना गरे । उनले नेपाल र जापनाबीचको सदियाँै पुरानो सम्बन्धको स्मरण गर्दै एक सय वर्षअगाडि जापानी नागरिक इकाई कावागुची बौद्धमा आएको प्रसङ्ग सुनाए  । 

समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले सहभागीलाई राष्ट्रिय झन्डा र बौद्व झन्डा प्रदान गर्दै बुद्धले विश्वका मानवका लागि दिएको शान्ति तथा अहिंसाको सन्देशलाई विभिन्न गतिविधि गरी प्रवद्र्धन गर्नका लागि समिति क्रियाशील रहेको बताए। 

सहभागीले दौडका क्रममा विभिन्न दातृ सङ्घ संस्थाले उपलब्ध गराएको आर्थिक सहयोग मनकामना मन्दिर जीर्णोद्धारका लागि हस्तान्तरण गरिनेछ । विश्व सम्पदामा सूचीकृत उक्त सम्पदा स्थलमा बुद्ध जयन्तीका दिन पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । यही वैशाख २७ गते बुद्धजयन्ती परेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood