tealaya add

हेटौंडा -  नेपालमा यही सेप्टेम्बर महिनामा आयोजना हुने १८ बर्ष मुनिको साफ च्याम्पियनसिपका लागि छनौट भएका ३० खेलाडीमा मकवानपुरका तीनजना अटाएका छन् ।

Championship hetauda kheladi

पहिलो चरणमा रहेका ४६ खेलाडीबाट ३० जना छनौट हुँदा मकवानपुरका तीनजना परेका हुन् । मकवानपुरबाट गोलरक्षक रोहित कार्की तथा डिफेन्डर रोशन दोङ र एन्जल महर्जन ३० जनामा अटाएका हुन् ।

गत ए डिभिजन लिगमा दोङ र महर्जनले ब्रिगेड ब्वाइज क्लबको डिफेन्सबाट खेलेका थिए भने कार्कीले मछिन्द्र क्लबको पोष्ट सम्हालेका थिए । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हुन् । ४६ खेलाडीबाट १६ खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गर्दा मकवानपुरका ३ खेलाडीले दोस्रो चरणमा स्थान बनाउन सफल भएका हुन् । मिडफिल्डर सञ्जीव अर्याल भने टिममा पर्न सकेनन् ।

मुख्य प्रशिक्षक श्रेष्ठले टोलीमा केही खेलाडीहरु राम्रो रहेको र उनीहले अझै सुधार गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । साफ च्याम्पियनसिपका लागि छनौट भएका १२ खेलाडीसँग ‘ए’ डिभिजन लिग र विभिन्न गोल्डकप खेलेको अनुभव रहेको बताइएको छ ।

मकवानपुरका कार्कीसहित गोलरक्षकमा विशाल सुनार र पुजन होना रहेका छन् भने डिफेन्डरमा मकवानपुरकै दोङ र महर्जनसहित विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, विशान्त बस्नेत र एलिक रुम्वा रहेका छन् ।

यस्तै मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आका बुढामगर, रेजिन माझी, जय गुरुङ, मनिष थापा, कुशल फ्युवा र नितिन थापा रहँदा फरवार्डमा ब्रिजेश चौधरी, सच्चु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगीले ३० जनाभित्र स्थान सुरक्षित गरेका छन् ।

सेप्टेम्वर पहिलो साताभित्रमा ३० बाट २३ सदस्यीय टोलीको चयन हुनेछ । नेपाल रहेको समूह ‘ए’ मा भुटान, माल्दिभ्स र पाकिस्तान रहेको छन् । साफ यू–१८ च्याम्पियनसिप सेप्टेम्वर २० बाट २९ सम्मा हल्चोकस्थित एपीएफको स्टेडियममा आयोजना हुँदैछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...