1478958692 banner ad format

 
 

पोखरा । खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले लेखनाथस्थित भण्डारढिकमा रु ५५ लाखको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिने भएको छ । 

Construction of multi purpose hall

युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग एवम् पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल तथा स्थानीय आदर्श युवा क्लबको संरक्षणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको कभर्ड हल निर्माण गर्न लागिएको हो । 

सन् २०१९ मा नेपालमा हुने सार्कस्तरीय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सो स्थानमा ४५ मिटर लम्बाइ र ३० मिटर चौडाइको निर्माण हुने कभर्ड हलभित्र विभिन्न प्रकारका खेल खेल्ने सुविधा प्राप्त हुनेछ । 

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बिहीबार आयोजित एक कार्यक्रमबीच सो कभर्ड हलको शिलान्यास गरे  

सो अवसरमा उनले खेलकुद क्षेत्रको विकासमा भौतिक संरचनाको महत्वपूर्ण भूमिका रहने बताए । 

आदर्श युवा क्लबका अध्यक्ष लक्ष्मी भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ र भवन निर्माण समितिका सदस्य सचिव सुभास खड्काले युवालाई खेलकुदतर्फ आकर्षण गर्नका लागि व्यवस्थित खेलमैदान आवश्यक पर्ने खाँचो औँल्याए। 

प्रकासित मिति

Loading...

 

yummyfood