1478958692 banner ad format

 
 

सोलुखुम्बु। विश्वकै सर्वाधिक उचाइमा हुने ‘एभरेस्ट म्याराथन’ २०१७ को पुरुषतर्फको उपाधि सोलुखुम्बु गुदेलका सुमन कुलुङ र महिलातर्फको उपाधि सोलुखुम्बुकै निरकला राईले हात पारेका छन् । 

Everest Marathon Suman and nirakalalai
आज भएको प्रतियोगितामा सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किमी दूरी सुमनले तीन घन्टा ४३ मिनेट ५७ सेकेन्डमा र निरकलाले चार घन्टा ५१ मिनेट ३३ सेकेन्डमा पार गरेका हुन् । प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका सुरेन्द्र बस्नेत तीन घन्टा ५२ मिनेट ०८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र नेपाली सेनाकै वेदबहादुर सुनुवारले चार घन्टा ५ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए । 

महिलातर्फ सोलुखुम्बकै पूर्णिमा राईले पाँच घन्टा ७ मिनेट २६ सेकेन्डमा दौड पूरा गरी दोस्रो र सोलुखुम्बुकै दावाडोका शेर्पाले पाँच घन्टा ३७ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरी तेस्रो भएको हिमालय एक्पिडिसनका ‘एभरेस्ट म्याराथन’ का व्यवस्थापक शेखर पाण्डेले जानकारी दिए । 

Everest Marathon Suman and nirakalalai 2

सगरमाथाको आधार शिविरबाट सुरु भएको म्याराथन गोरक्सेप, लोबुचे, थुक्ला, फेरिचे, दिङ्बोचे, पाङ्बोचे, तेङ्बोचे क्याङ्जुमा हुँदै नाम्चे बजारमा आएर टुङ्गिने गर्छ । सगरमाथा आरोहणको चौंँसठ्ठीऔँ सगरमाथा दिवसका अवसरमा आयोजित एभरेस्ट म्याराथनको यस वर्ष १६ औं संस्करण हो । प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः रु एक लाख, रु ७५ हजार, रु ५० हजार र प्रमाणपत्र वितरण गरिएको छ ।

प्रकासित मिति

Loading...