1478958692 banner ad format

 
 

काठमाडौँ । पहिलो खुल्ला कैलाश काठमाडौँ एवेरेस्ट अल्ट्रा दौडको उपाधि नेपाल आर्मीका राजन खत्रीले जितेका छन् । 

Everest ultra marathon Nepal Army Rajan khatrilai

नेपाल माउन्टेनरिङ सङ्घको आयोजनामा शनिबार काठमाडौँमा आयोजित प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो आर्मीकै क्रमशः टीकाराज कटवाल, हरि रिमाल र रामजी बस्नेतले बाजी मारेका छन् । 

उक्त रेस चोभारदेखि सुरु भएर चाल्नाखेल (चार भञ्ज्याङ (हात्तीवन रिसोर्ट (चम्पादेवी हुँदै चोभार जलविनायक मन्दिरमा आएर समापन भएको थियो । करिब १५.२ किमी रहेको दौडमा खत्रीले एक घन्टा ३५ मिनेट, कटवालले एक घन्टा ३८ मिनेट, रिमालले एक घन्टा ४० मिनेट, बस्नेतले एक घन्टा ४० मिनेट ५१ सेकेन्ड तथा पाँचौँ आउने नवराज साउतले एक घन्टा ४१ मिनेटमा दूरी पार गर्न सफल भएका थिए । 

विजेता पहिलोले रु ३० हजार, दोस्रोले रु २० हजार, तेस्रोले रु १५ हजार, चौथोले रु पाँच हजार र पाँचौँले रु दुई हजार ५०० मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, परिषद्कै कार्यकारी सदस्य उपेन्द्र पौडेल, नेपाल माउन्टेनरिङ सङ्घका अध्यक्ष सञ्जय पण्डितलगायत अन्य खेल सङ्घका प्रतिनिधिले संयुक्त रुपमा मेडल, नगद, प्रमाणपत्र प्रदान गरे । 

प्रकासित मिति

Loading...

 

yummyfood