Hidden
हङकङमा नेपालीबीच ब्याडमिन्टन
हङकङ नेपाली ब्याडमिन्टन संघको आयोजनामा भएको पाँचौं खुला मेन्स डबल्समा हेमराज राई जोडी र राजन काउचा तथा गणेश राई र राजकुमार राईको जोडी विजयी भएको छ ।
समूह ‘क’को फाइनलमा हेमराज र राजनको जोडीले विरेन थापा र नन्द चाड्सुलाई हराएको थियो । समूह ‘बी’को फाइनलमा गणेश र राजकुमारको जोडीले इन्द्रहाड राई र किरण राईको जोडीलाई पराजित गरेको थियो ।
दुवै समूहको विजेताले ५ हजार र दोस्रो हुने जोडीले २ हजार ५ सय हङकङ डलर प्राप्त गरे । समूह ‘क’मा ११ र ‘ख’मा १४ जोडीको सहभागिता रहेको संघले जनाएको छ ।
संघले हङकङमा रहेका नेपालीबीच आपसी सम्बन्ध थप मजबुद बनाउनका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको बताएको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...