1478958692 banner ad format

 
 

नगरकोट । भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने भएको छ । 

Sports News In Nepali International Badminton Court

ब्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले करिब पाँच रोपनी क्षेत्रमा निर्माण हुने कोर्टका लागि करिब रु ६८ लाखको लगत इस्टिमेट तयार गरिसकिएको बताए । त्यसका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पहिलो चरणका लागि रु २० लाख विनियोजनसमेत भइसकेको  जानकारी दिए । 

उक्त बजेट प्राप्त गर्न जिल्ला समन्वय समिति भक्तपुरसँग सम्झौताका लागि अन्तिम चरणमा पुगिसकेको समितिका सचिव राधेश्याम खनालले जानकारी दिए । उनका अनुसार उक्त कभर्डहल निर्माण गर्न स्थानीय उपभोक्ताले गत माघमै उपभोक्ता समिति गठन गरेका थिए । उपभोक्ता समितिले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको उनले बताए । 

यसैबीच, स्थानीय उपभोक्ता समितिले आइतबार स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालासँग भेट गरी कोर्ट निर्माणसम्बन्धी छिटो सम्झौता गर्न ध्यानाकर्षण गरेको छ । चालु आवभित्रै रु २० लाखको कार्य गर्नुपर्ने भएकाले सम्झौतामा ढिलाइ नगर्न स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गरिएको अध्यक्ष कुइँकेलले जानकारी दिए । 

समितिले यस वर्ष काम सुरु भएपछि अन्य क्षेत्रबाट पनि बजेट व्यवस्थापनका लागि सहज हुने बताएको छ । भक्तपुरमै पहिलो कभर्ड हल निर्माण गर्न स्थानीय उपभोक्ता सक्रिय भएर लागेको देखेर आफू पनि प्रभावित भएको स्थानीय विकास अधिकारी कोइरालाले बताए । 

उनले जिल्ला समन्वय समितिको सम्पूर्ण प्रक्रिया पूरा गरेर तीनचार दिनमै कभर्डहल निर्माण उपभोक्ता समितिसँग सम्झौता हुने जानकारी दिए ।

प्रकासित मिति

Loading...

 

yummyfood