1478958692 banner ad format

 
 

नवलपरासी - नवलपरासीमा जारी अन्तरराष्ट्रिय कुस्ती (दंगल) प्रतियोगिताको उपाधि भारतका शैलेश पहलवानले हासिल गरेका छन् । 

नवलपरासीको प्रतापुर गाउँपालिका वडा नं ७ गुठी सूर्यपुरामा शुक्रबार आयोजित विराट दंगल प्रतियोगिता शैलेश सो उपाधि जित्न सफल भएका हुन् । प्रथम उपाधिका लागि भारत, गोरखपुरका शैलेश र भारतकै महराजगञ्जका बल्ले पहलवानबीच प्रतिस्पर्धा भएको थियो । शैलेशले रु पाँच हजारसहित पदक र द्वितीय हुने बल्लेले रु तीन हजार र पदक प्राप्त गरेका छन् । 

लक्ष्मी पूजा समिति गुठी सूर्यपुराको आयोजनामा भएको प्रतियोगितामा विजयी कुस्तीबाजलाई निवर्तमान सांसद देवकरणप्रसाद कलवारले पुरस्कार प्रदान गर्नुभएको थियो । उक्त प्रतियोगितामा २० पहलवानले प्रतिस्पर्धा गरेका गरेका थिए । 

प्रकासित मिति

Loading...

 

yummyfood