1478958692 banner ad format

 
 

 पोखरा । पोखरामा जारी सृजना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको महिला र नेपाल पुलिस क्लबको पुरुष टिम फाइनलमा पुगेका छन् ।

पोखरा रंगशालामा बुधबार सम्पन्न सेमिफाइनलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रको महिला टिम फाइनलमा प्रवेश गरेको हो । सशस्त्रले पुलिसलाई २५–१५, २५–१४ र २५–१५ ले हराएको हो ।

फाइनलमा सशस्त्रले न्यू डायमन्ड र पश्चिमाञ्चलबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, बुधबारै भएको पुरुषतर्फको सेमिफाइनलमा पुलिस क्लबले सशस्त्रमाथि ३–१ को जित निकाल्दै महिलातर्फ भएको हारको बदला लिएको हो ।

अब उपाधिका लागि पुलिसले विहीबार हुने त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकासित मिति : २०७३ माघ २७ गते 

प्रकासित मिति

Loading...

 

yummyfood