tokyo

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रियो ओलम्पिक २०१६ मा बक्सिङका रेफ्रि र जजलाई कारबाही गरेको छ ।

बिहीबार ओलम्पिक कमिटीले ३६ जना रेफ्रि र जजलाई कारबाही गर्दै टोकियो ओलम्पिक २०२० प्रतिवन्ध लगाएको हो ।अन्तर्राष्ट्रिय बक्सिङ एसोशियसनले (एआईबीए) बाट लाइसेन्स प्राप्त जज र रेफ्रिले रियो ओलम्पिकमा विवादास्पद निर्णय गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको हो ।

अब टोकियो ओलम्पिकमा अन्तर्राष्ट्रिय बक्सिङ एसोसियसनले छानेको मध्ये मापदण्ड पुरा गर्ने उत्कृष्ट रेफ्री र निर्णायकहरु मात्र समावेश गरिने जनाईएको छ ।टोकियो ओलम्पिक २०२० जुलाई २४ मा शुरु भएर अगस्ट ९ मा समापन हुनेछ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...