1478958692 banner ad format

 
 

काठमाडौँ । कीर्तिपुर ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम कीर्तिपुर ब्याडमिन्टन कप–२०७४ आजदेखि सुरु भएको छ । 

Kirtipur Badminton Cup start today
कीर्तिपुर ब्याडमिन्टन क्लबको खेल मैदानमा सुरु भएको खेलमा काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङका ६४ टोलीको सहभागिता रहेको छ । खेलको उद्घाटन गर्दे कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले क्लबले विभिन्न जिल्लाका खेलाडीलाई जम्मा गरेर राष्ट्रिय स्तरको प्रतियोगिता गरेको भन्दै आयोजक क्लबलाई धन्यवाद दिए । 

उनले खेलकुदले व्यक्तिको शारीरिक रुपलाई तन्दुरुस्त राख्न मद्धत गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता खेलकुदको आयोजना गर्न क्लबलाई आग्रह गरे । उनले भने, “खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका सहयोग गर्न तयार छ ।” 

क्लबका अध्यक्ष राजु महर्जनले नेपालमा ब्याडमिन्टन खेलको विकासका लागि आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको बताए । आजदेखि सुरु भएको प्रतियोगिता आगामी साउन २८ गतेसम्म चल्नेछ ।

प्रकासित मिति

Loading...

 

yummyfood