1478958692 banner ad format

 
 

काठमाडौँ । भारतको कोलकत्तामा हुने तेस्रो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १४ पुरुष तथा सात महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् । 

यही माघ १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी २१ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोलीलाई नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष विष्णु कार्की र नायिका रेखा थापाले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गरे । 

पुरुष खेलाडीमा दिवश श्रेष्ठ, सुरज श्रेष्ठ, कृष मानन्धर, सन्दीप थापामगर, डिकेश मानन्धर, सवीन थापामगर, विजय बस्नेत, सुजन कार्की, रञ्जीत तामाङ, सुशान्त मोडक, विनोद रोका, दत्त बुढा, फ्रिजल शाही र मनोज थापामगर छन् । 

त्यसैगरी महिलातर्फ सीता तामाङ, सपना तामाङ, निशा श्रेष्ठ, लक्ष्मी दुलाल, कृषा शेर्पा, सुजना तामाङ र पूजा ओलीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । खेलाडीहरुले कुमुते र व्यक्तिगत कातामा प्रतिस्पर्धा गर्नेछन् । 

त्यस्तै टोली नेतामा नेपाल सोतोकान कराते सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पा तथा प्रशिक्षकमा कृष्णकुमार मानन्धर र गोपाल कटवाल छन् । नेपाली टोली भोलि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नेछ । 

प्रकासित मिति : २०७३ माघ १० गते 

प्रकासित मिति

Loading...