Hidden
तेक्वान्दो संघको अध्यक्षमा पुनः श्रेष्ठ चयन
हेटौँडा - राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा पुनः मदनकुमार श्रेष्ठ चयन भएका छन् ।
शनिबार हेटौँडामा भएको तेस्रोे अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटी चयन भएको छ । संघको उपाध्यक्षमा केशवबहादुर कार्की, नारायण सिंह थिङ र मानबहादुर वाइवा, सचिवमा भोजराज पराजुली, सहसचिवमा रविन्द्र राई र कोषाध्यक्षमा दिपेन्द्र नेपाली चयन भएका छन् ।
यसैगरी सदस्यमा प्रयास गौतम, रामलाल गोले, दिवश थिङ, रमेश बस्नेत, विरेन्द्र राई, चित्रलाल घलान चयन भएका छन् ।
राष्ट्रिय तेक्वान्दो संघ नेपाल ३ नम्वर प्रदशका सदस्य मानबहादुर वाइवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष मदनकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।
प्रकासित मिति
Loading...
Loading...
Loading...