tealaya add

हेटौंडा - राष्ट्रपति रनिङ शिल्डको नवौं संस्करण आइतबारबाट हेटौंडामा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा सुरु प्रतियोगितामा दशवटा स्थानीय तहका विद्यालयहरुको सहभागिता रहेको छ ।

Makwanpur khelkud

तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा तेक्वान्दो, कराते, भलिबल, एथ्लेटिक्स, कबड्डी तथा उसु गरी ४८ वटा स्वर्ण पदकका लागि खेलाडीहरुको प्रतिस्पर्धा गरिरहेको आयोजक समिति अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रघुनाथ खुलालले गरेका थिए । वर्षाको कारण प्रतियोगिताको उद्घाटन समारोह प्रभावित भएको थियो ।


प्रतियोगिताको उद्घाटन समारोहमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदकधारी खेलाडीहरुलाई सम्मानित गरिएको थियो । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्न सफल फुलकन्ट्याक करातेका सन्तोषकुमार श्रेष्ठ तथा कास्य पदक जितेका श्रवण प्रजा, उसुतर्फ रोशन स्याङ्तान, अञ्जिता स्याङ्तान तथा जुडोतर्फ अस्मिता गोलेलाई नगदसहित सम्मानपत्र समर्पण गरिएको थियो ।
यसैबीच, प्रतियोगितामा आइतबार तेक्वान्दो तर्फ रोटरी मावि मनहरीले ३ वटा स्वर्ण पदक जितेको छ । यस्तै सिद्धार्थ मावि, कालज्योती मावि पीप्ले र सोलिड्यारीटी वोर्डिङले १÷१ स्वर्ण पदक जितेका छन् ।

Makwanpur khelkud 2

यस्तै कराते तर्फ महेन्द्र किरण वसामाडी २, भुटनदेवी, आधाुनिक, शिक्षा विकास, महेन्द्र मावि छतिवनले एक एक स्वर्ण पदक प्राप्त गरेका खेलकुद विकास समितिले जनाएको छ । एथलेटिक्स तर्फ आइतबार भएका खेलमा ९ वटा स्वर्ण पदको नजिता आएको छ । जसमा जनक मावि ५, प्रभात मावि छतिवन, बंशगोपाल मावि, चन्द्रोदय मावि र सुर्य मावि वागमतीले १÷१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् । एथलेटिक्समा २६, कवड्डी र भलिवलमा २÷२ र कराते, तेक्वान्दो र उसुमा ६÷६ गरि ४८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भईरहेको छ ।

प्रतियोगिताका लागि वैशाख र जेठ महिनामा निर्वाचन क्षेत्रस्तरीय र स्थानीय तहगत छनौट गरिएको थियो । प्रतियोगिताको अघिल्लो संस्करणको च्याम्पियन जनक मावि भीरकोट रहेको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...