1478958692 banner ad format

 
 

काठमाडौँ । प्रथम मदन भण्डारी विद्यालयस्तरीय राष्ट्रिय कराते प्रतियोगितामा प्रशंसा डोजो च्याम्पियन बनेको छ । 

karate

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आज सम्पन्न खेलमा प्रशंसा डोजोले सात सात स्वर्ण र रजत पदक हात पार्दै च्याम्पियन बनेको हो । प्रतियोगितामा पाँच स्वर्ण र छ रजत पदकका साथ लार्के आवासीय मावि दोस्रो तथा चार चार स्वर्ण र रजत पदक प्राप्त गर्दै भानुभक्त उमावि तेस्रो भए । 

त्यसैगरी छात्रातर्फ ३५ किलो तौल समूहमा स्वर्ण पदक हात पारेकी धूम्रबाराही डोजोकी करुणा राई उत्कृष्ट खेलाडी घोषित भइन् । छात्रतर्फ २५ किलो तौल समूहमा स्वर्ण जितेका भानुभक्तका देवेन्द्र मगर उत्कृष्ट खेलाडी चुनिए । 

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगिताको अन्तिम खेलमा छात्रतर्फ ३० किलो तौल समूहमा प्रशंसा डोजोका सरोज ठोकरले स्वर्ण र रामबोका अनिष बस्नेतले रजत, ३५ किलोमा हाम्रो डोजोका सुलन विष्टले स्वर्ण र जिलेट माविका सेसाङ लिम्बूले रजत पदक जिते । यसैगरी छात्रकै ४५ किलो तौल समूहमा राजीव लिम्बूले स्वर्ण र अङ्कित भुजेलले रजत तथा ५० किलोमा लार्के डोजोका सुजित मगर र सोही डोजोका रवीन थिङले रजत जिते । 

पच्चपन्न किलो तौल समूहमा चिरायू डोजोका उमेश तामाङले स्वर्ण जित्दा जिलेट माविका शिशिर श्रेष्ठले रजत जिते । साठी किलो तौल समूहमा प्रशंसा डोजोका जेमिन महर्जनले स्वर्ण र लार्के डोजोका निरज अधिकारीले रजत जिते । छात्रकै खुलामा अग्रिम कठायत स्वर्ण र रोजन तामाङले रजत जित्न सफल भए । 

छात्राको ३० किलो तौल समूहमा प्रशंसाकै सल्मा खातुनले स्वर्ण र भानुभक्तकी सहारा लामाले रजत, ४० किलोमा लार्केकी सुस्मिता तामाङले स्वर्ण र देनिसा छन्त्यालले रजत तथा ४५ किलोमा लार्केकी आशा श्रेष्ठले स्वर्ण र प्रशंसा डोजोकी निरुता रुम्बाले रजत पदक हात पारे । 

छात्राकै ५० किलोमा हाम्रो डोजोकी प्रमिला विकले स्वर्ण र प्रशंसा डोजोकी विद्या खड्काले रजत हात पारे । पचपन्न किलोमा एभिएसकी मुना तामाङ र प्रशंसा डोजोका करुणा पाठकले क्रमशः स्वर्ण र रजत पदक जिते । छात्राकै खुलामा प्रशंसाकी सोनु लामाले स्वर्ण र हाम्रो डोजोकी अनुजा बस्नेतले रजत पदक जिते । 
विजेतालाई मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष सांसद विनोद श्रेष्ठ, राखेपका तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक महेन्द्र राई, नेपाल कराते महासङ्घका सचिव ओमकृष्ण प्रसाईंलगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा छात्रतर्फ १२ र छात्रामा १० स्वर्णका लागि २८ स्कुल तथा डोजोका तीन सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

प्रकासित मिति

Loading...

 

yummyfood