हिमाली चितुवा नामले परिचित नेपाली खेलाडी अबिरल घिमिरेले जापानमा आफ्नो खेल जीवनमा ठूलो सफलता हासिल गरेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व राख्न सफल घिमिरेले आइतबार जापानका खेलाडीलाई हराउँदै अर्को कीर्तिमान रचेका हुन् ।

उनले जापानका २८ वर्षीय खेलाडी अकिफी ओयोलाई पहिलो राउण्डमा नै पराजित गरेका हुन् । काठमाडौं चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई २ मिनेट ३० सेकेण्डमा नै पराजित गरेका थिए ।

boxer nepali

अबिरल नेपालमा किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेको छोरा हुन् । लामो समयदेखि उनी जापानमा रहेका आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन् । उनले विभिन्न राष्ट्रका खेलाडीसँग १२ वटा भिडन्तमा ११ वटामा जित हासिल गरेका थिए भने एक म्याच बरावरीमा रोकिएको थियो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...