ajali cricket

तीब्र गतिकी बलर अन्जली चन्दले टि२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान राखेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा अन्जलीले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको छ ।

नेपालको बलिङ आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् । उसका हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्यले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याटरलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।

अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् ।

यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । करुणा भण्डारीले २ विकेट हात पारिन् ।

महिला टिम कातामा नेपाललाई स्वर्ण

3 swarna
१३औं साग अन्तरगतको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । नेपालले पाकिस्तानलाई पछि पार्दै स्वर्ण जितेको हो ।

सातदोबाटोस्थ्ति नवनिर्मित कभर्डहलमा सोमबार भएको टिम कातामा पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भएको हो । फाइनलमा नेपालले २४.८८ अंक तथा पाकिस्तानले २३.३ अंक जोड्न सफल भयो ।

जारी सागमा कातामा यो दोस्रो स्वर्ण हो । यसअघि मन्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण जितेको थियो । कातामा महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की रहेकी छिन् ।

तेक्वान्दोमा कमललाई स्वर्ण

karate

तेक्वान्दोका कमल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेको २३ देखि २९ वर्षको उमेर समूह स्पर्धामा स्वर्ण जितेका छन् ।
कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । कमलले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका हुन् । भारतका राहुलले ८.२०० अंक लिए । श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जितेका छन् । उनले ८.०६० अंक प्राप्त गरे ।

त्यसअघि कृष्ण बहादुर तामाङले १७ देखि २३ वर्ष उमेर‌ समूहमा रजत जिते । उनले ८.२७० अंक जोड्दा श्रीलंकाका रौनुका प्रभातले ८.२५० अंक ल्याउँदै स्वर्ण जिते । भारतका लाल्थला मुआनपुआ ८.०९० अंक सहित तेस्रो भए ।तेक्वान्दोमा आज पहिलो दिन पुम्सेतर्फ १३ पदकको छिनोफानो हुनेछ ।

मन्डेले दिलाए नेपाललाई पहिलो स्वर्ण
कराँतेका मन्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष एकल काँतामा विजयी हुँदै नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।

सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे ।

त्यसअघि सेमिफाइनलमा मन्डेले बंगलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाए । मन्डेले २४ तथा बंगलादेशका खेलाडीले २२.८ अंक जोडे । श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए ।

यससँगै मन्डेले दुई दशकपछि नेपाललाई काँतामा स्वर्ण दिलाउन सफल भएका छन् । नेपालमै भएको आठौं सागमा गंगाराम महर्जनले काँतामा नेपाललाई स्वर्ण दिलाएका थिए । त्यसयता काँतामा नेपाल स्वर्णविहीन हुदै आएको थियो ।

यसअघि महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितिन् । उनी फाइनलमा पाकिस्तानकी साहिदासँग पछि परिन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् ।

कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि दोस्रो स्वर्ण दिलाएका छन् । एकल कातामा स्वर्ण जितिसकेका मण्डेकाजी श्रेष्ठसहित प्रविण मानन्धर र महसुस तामाङको टोली बंगलादेशलाई हराउँदै अन्तिम दुईमा पुगेको हो ।।कराते अन्तर्गत टिम काताको फाइनलमा प्रवेश गरेको छ ।यससँगै नेपालको स्वर्ण पदक संख्या ६ पुगेको छ ।

यस्तै सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो स्वर्ण जितेकी छिन् । यससँगै नेपालले सागमा पाँच स्वर्ण पदक जितेको छ । सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् ।

सिनाले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जिते ।

यसअघि नेपालले चार स्वर्ण पदक जितेको छ ।तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...