tealaya add

पोखरा । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ । 

Sports News In Nepali Skating Training Center pokhara rangashala

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो । निर्माण सुरु भएको तीन हप्तामै काम सकिएको छ । 

पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलका खेलाडी उत्पादन गरी अब हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट स्केटिङ खेलाडीको सहभागिता जनाउने विश्वास गरिएको छ । 

पूर्वाधार निर्माणका लागि अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी, जापान, दक्षिण कोरिया, नर्वे, क्यानाडा, भारतलगायतका ३५ जना विदेशी नागरिकले श्रमदान गरेका थिए । 

यो स्केटिङ खेलको पूर्वाधार दक्षिण एसियाकै उत्कृष्ट मानिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर