1478958692 banner ad format

 
 

काठमाडौं । नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत २३ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ ।

tequando

प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान गरी ६ राष्ट्रका करिब १ सय ६९ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नन्दा बस्यालले जानकारी गराइन् ।

हरेक दुई वर्षमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको प्रतियोगिता पहिलो पटक २०७१ को फागुनमा आयोजना गरिएको थियो जुन राष्ट्रियस्तरको थियो । प्रतियोगितालाई अझ व्यापक बनाउने उद्देश्यसाथ योपटक अन्तर्राष्ट्रिय प्रतियोगता गर्न लागिएको संयोजक बस्यालले बताइन् ।

तेह्र स्पर्धामा समावेश दुईदिने प्रतियोगितामा गेरोगीमा सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूह तथा पुम्सेमा ४ विधामा खेल हुनेछ ।

जुनियरमा ४०, ४२ र ४४ तथा सिनियरमा ४६, ४९, ५३, ५७, ६२ र ६७ केजी वजनसमूहमा प्रतिस्पर्धा गराइने छ । पुम्सेमा यु–१५, यु–१९ र प्लस १९ र समूहगततर्फ खेलाडीले आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।

गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

पाँच क्षेत्र, विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभूवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी ८ टिमका ९६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । २० महिला निर्णायक परिचालन गरिने छ ।

४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा संयोजक बस्यालले पुरुष प्रधान हाम्रो देशमा महिलाहरुले पनि केहि गरेर देखाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्न महिला टोलीले यो प्रतियोगिताको सुरुआत गरेको र आगामी दिन विभिन्न कार्यक्रम समेत गर्ने बताइन् ।

प्रकासित मिति

Loading...

 

yummyfood