1478958692 banner ad format

 
 

काठमाडौं । हंगेरीको बुढापेस्टमा जारी १७औं फिना विश्व च्याम्पियनसिप पौडी प्रतियोगितामा नेपाली खेलाडी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

Tisa Shakya national record min

शाक्यले १०० मिटर ब्रेस्टस्ट्रोक १ मिनेट २६.१३ सेकेन्डमा पूरा गर्दै गौरिका सिंहको नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई भंग गरेको नेपाली टोलीका व्यवस्थापक पारस श्रेष्ठले जानकारी गराएका छन् ।

यसअघि, उक्त दूरीमा गौरिकाले २०१५ मा काठमाडौंमा सम्पन्न २०औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा १ मिनेट २६.७२ सेकेन्डका साथ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् ।

प्रकासित मिति

Loading...

 

yummyfood