annapurna add

saag opn

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको औपचारिक उद्घाटन समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । साँझ ५ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिति रहनेछ ।

सन् १९८४ मा पहिलो संस्करणको साग आयोजना भएको दशरथ रंगशालामा ३५ बर्षपछि तेस्रो संस्करणको सागको उद्घाटन हुँदैछ ।१० हजारको संख्यामा सहभागीहरुले नेपालको कला संस्कृति लगायत अन्य विविध विषयमा आधारित रहेर प्रस्तुति दिने छन् । उद्घाटन समारोह झन्डै ३ घण्टा १५ मिनेट संचालन हुनेछ । उद्घाटनका लागि विभागीय टोलीहरु पुलिस, आर्मी र एपीएफसंगै विभिन्न विद्यालयहरुको टोलीले साथ दिनेछन् ।

सागमा ७ राष्ट्रका खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक सहभागी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् । यसक्रममा सबै राष्ट्र गरेर कुल २ हजार ७ सय १५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सागमा कुल अफिसियल संख्या ७ सय ६९ रहेको छ । नेपालबाट सर्वाधिक ५ सय ९६ खेलाडी रहेका छन् । नेपालले मात्र सबै २६ खेलमा प्रतिस्पर्धा गर्दैछ । सागअन्तर्गत काठमाडौंमा १९, पोखरामा ८ र जनकपुरमा १ खेल हुँदैछ । फुटबल र क्रिकेटतर्फ पुरुषको खेल काठमाडौं र महिलाको खेल पोखरामा हुँदैछ ।

उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा ओलम्पियन तथा सागका स्वर्णधारी भारोत्तोलनका कमलबहादुर अधिकारीले बोक्नेछन् । दिप प्रज्वलनमा ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी स्वर्णधारी दीपक विष्ट रहनेछन् । चार पटक स्वर्ण जित्ने कीर्तिमान राखेका दीपक हाल तेक्वान्दोका प्रशिक्षक समेत हुन् । तेक्वान्दोकै पुम्सेतर्फकी आयशा शाक्यले खेलाडीको तर्फबाट सपथ लिनेछिन् । निर्णायकको तर्फबाट ओलम्पिकमा सहभागी भइसकेका ब्याडमिन्टनका निर्णायक दीपक थापा रहनेछन् ।

यो पनि पढ्नुहोस:- 

सागका लागी सुरक्षा तयारी अन्तिम चरणमा,२२ हजार सुरक्षाकर्मी खटाइने

सागको तालिका सार्वजनिक, उद्घाटनअघि तीन खेल

बर्खास्त तीन खेलाडीले नेपालमै हुने ‘साग’ समेत खेल्न नपाउने

१३औँ साग: फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार

सन्दीपको आँखाको अपरेसन, साग नखेल्ने

sandeep
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् ।सोमबार भएको आँखाको अपरेसनले सन्दीपले घरेलु भूमिको साग गुमाउने भएका हुन् । नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको बताए ।

पछिल्लो समय सन्दीपको आँखामा समस्या देखिएपछि सोमबार तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो । सन्दीपको शल्यक्रिया ठीक हुन २ हप्ता देखि २० दिन लाग्ने नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले जानकारी दिए ।

सन्दीप टिमबाट बाहिरिएपछि नेपालले उनको स्थानमा रोहित कुमार पौडेललाई टिममा बोलाईएको छ । यस अघि साग खेल्ने टिममा रोहित वैकल्पिक खेलाडीको रुपमा रहेका थिए ।सन्दीप हालै युएईमा सम्पन्न टी-१० लिग खेलेर फर्किएका थिए ।

कीर्तिमानी खेलाडी साग त्यागेर वैदेशिक रोजगारमा, गृहमन्त्री थापाविरुद्ध सर्वोच्चमा मुद्दा

kheladi
दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। ‘मन्दिर जान्छु’ भन्दै झिसमिसेमै निस्किएकी उनी जहाज चढेर कतार पो पुगिछन्।राष्ट्रको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु हरेक खेलाडीको धोको हुन्छ। त्यसमाथि सागजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन्। वर्षौं कठोर परि श्रम गर्छन्। सबैको सपना पूरा हुँदैन। तर, मुखैमा आएको १३ औं सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन।

सागमा नेपालले पदकको आशा गरेका खेलाडी हुन्, तुलसा। अघिल्लो महिना चीनको उहानमा आयोजित सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा उनले महिला ४ सय मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्। सुर्खेत घर भएकी तुलसाले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा भएको ४ सय मिटर दौडमा पनि स्वर्णपदक जितेकी थिइन्।यसपालिको सागमा उनले ४ सय मिटर दौड, ४ सय मिटर रिले र ४ सय मिटर हर्डल्समा प्रतिस्पर्धा गर्ने तय थियो। ‘प्रतियोगिताको मुखैमा हामी सबैलाई ढाँटेर विदेश भागिन्’, एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले अन्नपूर्ण पोस्ट्सँग भने, ‘उनीबाट हामीले गतिलो आशा गरेका थियौं। यो घटनाले हामी स्तब्ध छौं।’

गुरुङका अनुसार तुलसा पूजा गर्न मन्दिर जान्छु भन्दै बिहान ५ः३० बजे होटलबाट बाहिरिएकी थिइन्। ‘होटलका गार्डलाई उनले पूजा गर्न मन्दिर हिँडेको भनेर ढाँटिछन्’, उनले भने, ‘हातमा पूजाको थाली पनि बोकेकी रैछन्।’प्रशिक्षणस्थलमा नपुगेपछि उनको खोजी भयो। तर, मन्दिर जान्छु भनेकाले कसैले खासै वास्ता गरेनन्। दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि मात्र गम्भीर रूपमा उनको खोजी हुन थाल्यो।तुलसाका प्रशिक्षक राकेश वज्राचार्यले उनी प्रशिक्षणमा उपस्थित नभएको जानकारी सम्बन्धित अधिकारीहरूलाई गराएका थिए। त्यसपछि उनका साथीहरूसँग सोधखोज हुँदा तुलसा वैदेशिक रोजगारीका लागि सुटुक्क कतार हिँडेको पत्ता लागेको थियो। तुलसाले विभागीय टोली त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगिता खेल्दै आएकी थिइन्।उनले कतारका लागि बिहान ९ः३० बजे बोर्डिङ पास लिएको पाइएको प्रमुख प्रशिक्षक गुरुङले बताए। राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले यसबारे जानकारी पाएको जनाए। ‘तुलसा भागेको जानकारी हामीलाई प्राप्त भइसकेको छ’, उनले भने, ‘मैले पनि यस विषयमा युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिलाई जानकारी गराएको छु।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर