1478958692 banner ad format

 
 

काठमाडौँ - राष्ट्रिय विश्वविद्यालय खेलकुद संघ केन्द्रिय कमिटीको आयोजनामा भएको भलिबल क्षेत्रीय रेफ्री ट्रेडिङ्ग सात दिने तालिम कक्षा महेन्द्ररत्न ताचहल क्यम्पसमा सञ्चालन भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाले गर्नुभएको थियो । उहाले भलिबललाई राज्यले राष्ट्रिय खेल घोषण गरेकोमा खुसी ब्यक्त गर्नुभएको थियो तर राष्ट्रिय घोषणा गर्नु पुर्व परिषद वा ओलम्पीक कमिटी संग पनि सल्लाह गरेर घोषणा गरेको भए अझै राम्रो हुने कुरा बताउनु भयो ।

साथै खेलकुदमा लाग्ने खेलाडीहरुलाई पनि निर्धक्क भएर लाग्न आग्रह गर्नुभएको छ । खेलाडीहरुको गार्जेन भनेकै परिषद वा राज्य हो अहिले राज्यले खेलकुदमा ठुलो लगानी गरिरहेको र तलव भत्ताको पनि राम्रो प्रत्रन्ध गरेको बताउनु भयो । विश्वविद्यालयलाई खेलाडीहरु उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्दै लैजानु पर्छ भन्ने उहाँको धारणा रहेको थियो ।


महेन्द्ररत्न क्याम्पस प्रमुख गोविन्द कटुवालले यस क्याम्पसले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरेको जानकारी गराउनु भयो । आगामी दिनमा अझै खेलकुदका भौतिक संरचना निर्माण गरि देशकै खेलाडी उत्पदान गर्ने नम्बर एक कलेज बनाउने उद्घोष गर्नु भयो ।


अनेरास्ववियू संगठन विभाग प्रमुखले यस संघले गरेको काम अत्यन्त राम्रो भएको र खेलाडीहरुले जिवनभर सिकेका सिपलाई आफु पनि गुरु बनेर अरुलाई सिकाउने बन्न जिवनको अन्यन्त महत्वपूर्ण काम भएको बताउनु भयो ।


अनेरास्ववियू का के.स. पंकज भन्डारीले अब नेपाललाई हिमालको देश, बुद्ध जन्मिएको देश तथा पशुपतिनाथको देश भनेर होइन खेलाडीहरु उत्पादन गर्ने देश भनेर चिनाउनु पर्ने कुरा रख्नु भयो ।


राष्ट्रिय विश्व विद्यालयका अध्यक्षले नेपालमा खेलकुद क्षेत्रको सहि मुल्यांकन नभएको बताउनु भयो । हामीले हाम्रो समाजलाई खेलकुद प्रति हेर्ने दृष्टि कोण नै परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो । आज हाम्रा बच्चाहरु खेलकुदमा लाग्दा भविष्य बिग्रेला भन्ने जुन मानसिकता छ त्यसलाई परिवर्तन गरि खेलकुदमा लाग्दा चाहि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनीने प्रतिष्ठा आर्जन गर्नुका साथै समाजको असल पात्रको चिनारी दिनेछ भन्ने बनाउनु राष्ट्रिय विश्व विद्यालय खेलकुद संघको प्रमखु एजेन्डा रहनेछ भन्ने कुरा राख्नु भयो । साथै नेपालमा खेलकुद विश्व विद्यालय हुनुपर्छ र विश्वविद्यालयलाई खेलाडी उत्पादन गर्ने उद्योगको रुपमा विकास गर्नुपर्ने धारणा समेत राख्नु भएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood