1478958692 banner ad format

 
 

पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं १९ लामाचौरमा जारी रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी टिम फाइनलमा पुगेका छन् । 

volleyball min

नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा मंगलबारदेखि शुरु भएको सोे प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू डायमण्ड एकेडेमीले पश्चिमाञ्चल भलिबल सङ्घलाई २५–१६, २५–१९ र २५–१३ ले पराजित गरी फाइनलमा पुगेको हो । 

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी (एपिएफ) ले नेपाल पुलिस क्लबलाई २५–१०, २५–२१ र २५–२० ले पराजित गरी फाइनलमा पुगेको थियो । 

आज उपाधिका लागि न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीबीच फाइनल खेल हुने प्रचारप्रसार समितिका संयोजक सुशीलकुमार श्रेष्ठले बताए । 

नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल सङ्घबीच तेस्रो स्थानका लागि आज नै खेल हुनेछ । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने टिमले क्रमशः रु ७५ हजार १०१, ५० हजार १०१, २० हजार र १५ हजार ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा पाँचवटा टिमको सहभागिता रहेको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood