tealaya add

argentina copa kantipath

काठमान्डौ । लाउटारो मार्टिनेज र सर्जिओ अग्वेरोको गोलको मद्दतले अर्जेन्टिनाले कतारलाई २–० गोल अन्तरले पराजित गरी अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलमा जारी कोपा अमेरिका प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको 'समूह ख' कै अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेका कारण पनि अर्जेन्टिनालाई क्वाटरफाइनलमा प्रवेश सहज भएको हो ।समूहमा दोस्रो भएको अर्जेन्टिनाले रियो दे जेनेरोको माराकाना रंगशालामा भेनेजुएलासँग क्वाटरफाइनल खेल खेल्नेछ ।

एक खेल बराबरी खेलेको कतार भने प्रतियोगिताबाट बाहिरिएको छ । तर समूह ख मा तेस्रो स्थानमा रहेको पाराग्वेले भने समूह ग को जापान र इक्वेडरबीचको खेल कुर्नु पर्नेछ । उत्कृष्ट नतिजा आउने तेस्रो स्थानका दुईमध्ये एक टिम क्वाटरफाइनका लागि छनौट हुनेछ ।

चार अंक रहेको पेरु क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ भने जापान र इक्वेडरको खेलबाट पाराग्वेको भाग्य निर्धारित हुनेछ ।एसियाली च्याम्पियन कतारले पनि गोल गर्ने राम्रा अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन । रासस

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर