tealaya add

 

brasil

एजेन्सी । कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिलले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा पेरुलाई ५(० को फराकिलो अन्तरले हराउँदै ब्राजिल समूह विजेता बनेको हो ।

ब्राजिलको जितमा क्यासेमिरोले १२ औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । १९ औँ मिनेटमा रोबर्टो फिर्मिनोले ब्राजिलका लागि दोस्रो गोल गरेपछि दोब्बर अग्रता बनाएको थियो । फितलो प्रदर्शन गरेको पेरुले पुरै खेल अवधिमा ८ सुट पाएपनि एउटै गोल फर्काउन सकेन ।

खेलको ३२ हौं मिनेटमा एभरटनले फिलिपे कोउटिन्होको पासमा गोल गरे। दोस्रो हाफको ५३ हौं मिनेटमा फिर्मिनोको पासमा कप्तान ड्यानी आल्भेसले गोल गरेसँगै ४ गोलको अग्रतामा रहेको ब्राजिलको जित निश्चित बनेको थियो ।

९० फेरी विलियनले उत्कृष्ट गोल गर्दै ब्राजिललाई ५(० को जित दिलाए । योसँगै ३ खेलमा ७ अंक जोढेर ब्राजिल शीर्षस्थानसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबारै बोलिभियालाई ३(१ ले पराजित गरेको भेनेजुएला ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । तेस्रो स्थानको पेरु भने ३ खेलमा ४ अंक छ र उत्कृष्ट तेस्रो स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । बोलिभिया अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...