1478958692 banner ad format

 
 

काठमाडौं । एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिता सोमबार (आज)देखि बंगलादेशमा सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानको २३ वर्षमुनिको टोलीलाई १८१ रनको चुनौती दिएको छ ।

Cricket image min

बंगलादेशको कक्स बजारस्थित शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेको नेपालले पहिले व्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर १८० रन जोड्यो ।

नेपालको लागि सुरुआती व्याट्सम्यान सुनील धमलाले ४३ रन जोड्दा शरद भेषावकरले ३८ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ललाई सस्तैमा गुमाएको नेपालको इनिङ सम्हाल्न धमला र भेषावकरले चौथो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए ।

नेपालको लागि विनोद भण्डारीले २४ रन जोड्दा ३२ रन अतिरिक्त स्वरुप प्राप्त भएको थियो ।

यसैगरी, आरिफ शेखले अविजित १८ रन जोडे । बलिङतर्फ पाकिस्तानका घुलाम मुदस्सरले ५ विकेट लिँदा ओसामा मिरले २ विकेट झारे ।

नेपालले समूह ‘बी’को आफ्नो दोस्रो खेलमा मंगलबार (भोलि) आयोजक बंगलादेशसँग खेल्नेछ ।

यसैगरी, समूहको अन्तिम खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘ए’मा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood