annapurna add

accएसीसी कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई नौ विकेले हराएको छ । थाइल्याण्डले दिएको  ६७ रनको लक्ष्य नेपालले मात्र पाँच ओभर तीन बल खेल्दै एक विकेटको क्षतिमा ७२ रन बनाएर पुरा गर्यो ।

प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज थाइल्याण्डको सामना गरेको हो । यसअघिको दुबै खेल हारेर एशिया कप छनोट प्रयितोगितामा सहभागी हुन हङकङ, मलेसिया र सिंगापुरको खेलमाथि निर्भर रहनुपर्ने नेपालले थाइल्याण्डमाथि भारी अन्तरको जित हात पारेको हो ।

नेपालको जितका लागि ओपनर कुशल मल्लले १८ बलमा ३६ रन बनाए, पारस खडका ९  रन बनाएर पेभेलियन फर्किदा कप्तान ज्ञानेन्द्र मल्लले मात्र १० बलमा २७ रन दिए  ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...