1478958692 banner ad format

 
 

 

काठमाडौं  । मलेसियामा अर्को महिना हुने एसीसी यु–१९ एसिया कप क्रिकेटको छनोटका लागि आइतबार नेपाली टोलीको घोषणा गरिएको छ ।

 

एसियाको पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । यसअघि, यो जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको थियो ।

सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यु–१९ प्रशिक्षक विनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनोट गरेका हुन् ।

घोषित टोलीका खेलाडीमा ऐरी र लामिछानेका साथै मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, विक्रमकुमार भुसाल, सन्दीप जोरा र सुमित महर्जन छन् ।

यसैगरी, वैकल्पिक खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल परेका छन् ।

नेपाली टोली यही भदौ २३ गते मलेसिया प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’मा सिंगापुर, थाइल्यान्ड र भुटान छन् ।

यसैगरी, समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, चीन र म्यानमार रहेका छन् ।

फाइनलमा पुग्ने दुई टोलीले यु–१९ एसिया कप क्रिकेटमा स्थान बनाउनेछन् ।

 

प्रकासित मिति

Loading...

 

yummyfood